Wednesday, April 22, 2026
spot_img
spot_img

‘फ्यूचर अफ अर्बन मोबिलिटी’ भनिएको एमजी कोमेटको नयाँ भर्सन नेपाल आइपुग्यो

spot_img
spot_img

एमजी कोमेट ईभी नयाँ भर्सनमा आएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले एक हप्ता अगाडी कोमेटको नयाँ भर्सन नेपाल ल्याएको हो ।

फूल चार्जमा २३० किलोमिटर रेन्ज दिने यस ईभीमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री छ । यो गाडी ३.५ घण्टामा फूल चार्ज हुने कम्पनीले जनाएको छ । यसले ७.४ किलोवाटको फास्ट चार्जर सर्पोट गर्ने बताइएको छ ।

चालक सिटबाहेक ४ सिटे फेमिली कार कोमेटको मूल्य १९ लाख ९९ हजारदेखि २२ लाख ७९ हजारसम्म छ । शहर तथा बजार एरियाभित्र चलाउन निकै किफायती र स्तरीय मानिने कोमेट ईभी नेपाली बजारमा निकै रुचाइएको मोडलमा पर्छ । खासगरी अफरोड र लामो दूरीमा नजाने ग्राहकको रोजाइमा यो कार पर्दै आएको छ ।

अहिले धमाधम बुकिङ भइरहेको कोमेटको नयाँ भर्सनलाई ‘फ्यूचर अफ अर्बन मोबिलिटी’ भनिएको छ । साथै, यसलाई ‘द स्ट्रिट स्मार्ट कार’ पनि भनिएको छ ।

अहिले नेपाली सडकमा ५ सय युनिटभन्दा बढी एमजी कोमेट ईभी गुडिरहेका छन् ।

spot_img
spot_img

1 COMMENT

  1. सवारीसाधनको न्युज लेख्दा छुटाउनै नहुने कुराः
    मोटरको क्षमता, बेट्रि प्याक र मुल्य ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img