Thursday, August 27, 2026
spot_img
spot_img

निफ्राको ऋणपत्रमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ। म्याद थप भएसंगै अब बैंकको ऋणपत्रमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकले जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने छ। १ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँडफाँड गरिएको छ। बाँकि रहेको १९ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको छ। ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख ३० गते  बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको थियो। यो ७ वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र हो । यस ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने छ। ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ।

ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...