Wednesday, July 22, 2026
spot_img

पुँजीबजारको लागि बजेट सकारात्मक छ, लगानीकर्तामा उत्साह थपेको छ: फुल्लेल

spot_img

शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले आर्थिक वर्ष २०८२/८३ को बजेट सकारात्मक रहेको बताएका छन्। बजेट आउनु अगाडी चर्चा चलेजस्तो पुँजीगत लाभकर नबढेको, र बजेटमा पुँजीबजारको दिर्घकालिन सुधारको लागि विभिन्न योजना समावेश भएकोले बजेट सकारात्मक रहेको उनको भनाई छ।

बजेटले आम लगानीकर्तामा सकारात्मक संदेश दिएको, र उत्साह थपेकोले आगामी कारोबारको दिनमा पनि बजार सकारात्मक नै रहने विश्वास उनले व्यक्त गरेका छन् । बजेटमा समावेश नीतिहरु कार्यान्वयन भएपछि बजारले राम्रै गति लिने उनको भनाई छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरि यसको संस्थागत क्षमता अभिवृद्धि गरिने, पुँजी बजारमा सर्वसाधारणको लगानी सुरक्षाका लागि धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ पारिने, सूचीकृत कम्पनीहरू र अन्य संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको सेयर, ऋणपत्र तथा अन्य धितोपत्रमा लगानी गर्न सक्ने वातावरण तयार गरिने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानूनी व्यवस्था गरिने, सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिने, गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा सेयर कारोबार गर्न अनुमति दिइने व्यवस्था मिलाइने विषयहरु सकारात्मक रहेको उनको भनाई छ।

बजेटमा समावेश सबै विषयहरु पुँजीबजारको लागि सकारात्मक नै रहेको फुल्लेल बताउछन् ।

यस्ता छन् बजेटमा समावेश पुँजीबजारसँग सम्बन्धित ९ विषय 

१. राष्ट्रिय जोखिम मूल्याङ्कन शीघ्र सम्पन्न गरी गम्भीर प्रकृतिका आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनलाई तीब्रता दिइनेछ। सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी नियमन प्राधिकरण लगायतका नियामक निकायको निगरानी, अनुसन्धान र कारवाहीलाई सबल बनाइनेछ।

२. वित्तीय क्षेत्रका नियामक निकायहरूको क्षमता विकास गरिनेछ। पुँजी प्रवाह र कर्जाको पहुँचमा सहजता ल्याउन आवश्यक प्रबन्ध मिलाइनेछ। वित्तीय क्षेत्र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउँदै संस्थागत सुशासन कायम गरिनेछ। वित्तीय क्षेत्रमा विकसित भएका जोखिम न्यूनीकरणसम्बन्धी नयाँ नयाँ उपकरणको परिचालन गर्न आवश्यक नीतिगत र कानूनी व्यवस्था गरिनेछ।

३. नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणसम्बन्धी कानूनमा सामयिक सुधार गरिनेछ। पुँजीबजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गरिनेछ। नेपाल स्टक एक्सचेन्जको पूनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।

४. दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति कार्यान्वयन गरिनेछ। बैङ्क तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापनको लागि एसेट मेनेजमेण्ट कम्पनी स्थापना गरिनेछ।

५. सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाँउमा केवाइसी विवरण भर्ने र उक्त विवरणलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्ने व्यवस्था मिलाइनेछ। केवाइसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ।

६. धितोपत्र बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्व:पुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनेछ।

७. सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार शुरू गरिनेछ। गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोवार गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ।

८.नेपाल सरकारको वहुमत शेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको 30 प्रतिशत शेयर आम नागरिकमा विनिवेश गरिनेछ। यस कम्पनीको संस्थागत सवलीकरणको लागि रणनीतिक साझेदारीको नीति लिइनेछ।

९. सार्वजनिक सेवा प्रवाहलाई सरल, पहुँचयोग्य र गुणस्तरीय बनाउन सूचना प्रविधिको उच्चतम् उपयोग गरिनेछ। बैंक, बीमा, दूरसञ्चार, धितोपत्र लगायत सबै प्रकारका सार्वजनिक तथा वित्तीय कारोबारमा राष्ट्रिय परिचयपत्रको प्रयोग गरिनेछ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सेवा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ। विद्युतीय माध्यमबाट नागरिकता वितरण गर्ने प्रबन्धलाई प्रभावकारी बनाइनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img