यस वर्षको बजेटमा पनि नेपाल टेलिकमको शेयर विनिमेश गर्ने विषय समावेश भएको छ। आज आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै अर्थ मन्त्री विष्णु पौडेलले फेरि टेलिकमको शेयर बेच्ने घोषणा गरेका हुन् ।
उनले नेपाल सरकारको बहुमत स्वामित्व नै कायम हुने गरि टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणलाई विनिमेश गर्ने घोषणा गरेका हुन् । टेलिकमको शेयर बेच्ने घोषणा यस अघिका बजेटमा पनि आउने गरेका थिए ।









