Wednesday, July 22, 2026
spot_img

पर्यटन मन्त्रालयलाई १३ अर्ब बजेट

spot_img

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको बताए । उनले होटेल, रेस्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूको लागि सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिने बताए ।

अर्थमन्त्री पौडेलले सगरमाथा, पशुपति, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य स्थलहरूमा पूर्वाधार विकास गरिने बताए । लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धन गर्न वृहत लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने उनले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img