Wednesday, April 22, 2026
spot_img
spot_img

‘केई’को ‘एक्सचेन्ज कार्निभल’को अवधि थपियो, ‘एक्स थ्री प्रो’मा ६ लाखसम्म छुट

spot_img
spot_img

विद्युतीय ईभी ब्राण्ड ‘केई’को थापाथलीमा चलिरहेको ‘एक्सचेन्स कार्निभल’को समय थप गरिएको छ । केई ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सले संयुक्त रुपमा आयोजना गरेको ‘एक्सचेन्स कार्निभल’को समय बैशाख २९ गतेसम्म लम्ब्याइएको हो ।

कम्पनीले यसअघि बैशाख २६ देखि २८ गतेसम्म आयोजना गर्ने भनेर सुरु गरेको कार्निभलमा ग्राहकहरुको चासो बढेसँगै एक दिन अवधि थप गरिएको जनाएको छ ।

शुक्रबारबाट सुरु भएको केई एक्सजेन्स कार्निभलमा शनिबार दिउँसो उपभोक्ताको चासो बढी देखिएको थियो । शनिबार अपरान्ह टेस्ट ड्राइभ गर्ने, कम्पनीकै चालकसँग बसेर यात्रा र ड्राइभिङ अनुभव लिने सेवाग्राहीहरु बढी देखिएको थिए । उनीहरुले गाडी निकै रुचाएको प्रतिक्रिया दिएका छन् । सँगै, एक्सजेन्स कार्निभल अवधि पनि थप गर्न अनुरोध गरेका थिए ।

‘एक्सचेन्स कार्निभल’मा पूराना गाडीसँग केईका विभिन्न मोडल सट्टापट्टाको सुविधा छ । मेला अवधिभर तत्कालै एक्सचेन्ज गरेर ग्राहकले इक्यूट फोर, इक्यूट टू र एक्स थ्री प्रो मोडल साट्न सक्नेछन् । साथै, एक्स थ्री प्रो खरिद गर्दा ग्राहकले ६ लाख रुपैयाँ सम्मको छुट समेत पाउने छन् ।

तत्कालै फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसका लागि एक्सजेन्स कार्निभल स्थलमै बैंकको समेत स्टल राखिएको छ ।

एक्सचेन्जमा कम्पनीले बोनस पनि उपलब्ध गराएको छ । जस अन्तर्गत इक्यूट मोडल बुकिङ गर्दा बोस जेट कार वासर र एक्स थ्री प्रो बुकिङ गर्दा बोस वासिङ मेशिन पाइने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...
spot_img