विद्युतीय ईभी ब्राण्ड ‘केई’को थापाथलीमा चलिरहेको ‘एक्सचेन्स कार्निभल’को समय थप गरिएको छ । केई ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जिओ अटोमोबाइल्सले संयुक्त रुपमा आयोजना गरेको ‘एक्सचेन्स कार्निभल’को समय बैशाख २९ गतेसम्म लम्ब्याइएको हो ।
कम्पनीले यसअघि बैशाख २६ देखि २८ गतेसम्म आयोजना गर्ने भनेर सुरु गरेको कार्निभलमा ग्राहकहरुको चासो बढेसँगै एक दिन अवधि थप गरिएको जनाएको छ ।
शुक्रबारबाट सुरु भएको केई एक्सजेन्स कार्निभलमा शनिबार दिउँसो उपभोक्ताको चासो बढी देखिएको थियो । शनिबार अपरान्ह टेस्ट ड्राइभ गर्ने, कम्पनीकै चालकसँग बसेर यात्रा र ड्राइभिङ अनुभव लिने सेवाग्राहीहरु बढी देखिएको थिए । उनीहरुले गाडी निकै रुचाएको प्रतिक्रिया दिएका छन् । सँगै, एक्सजेन्स कार्निभल अवधि पनि थप गर्न अनुरोध गरेका थिए ।
‘एक्सचेन्स कार्निभल’मा पूराना गाडीसँग केईका विभिन्न मोडल सट्टापट्टाको सुविधा छ । मेला अवधिभर तत्कालै एक्सचेन्ज गरेर ग्राहकले इक्यूट फोर, इक्यूट टू र एक्स थ्री प्रो मोडल साट्न सक्नेछन् । साथै, एक्स थ्री प्रो खरिद गर्दा ग्राहकले ६ लाख रुपैयाँ सम्मको छुट समेत पाउने छन् ।
तत्कालै फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसका लागि एक्सजेन्स कार्निभल स्थलमै बैंकको समेत स्टल राखिएको छ ।
एक्सचेन्जमा कम्पनीले बोनस पनि उपलब्ध गराएको छ । जस अन्तर्गत इक्यूट मोडल बुकिङ गर्दा बोस जेट कार वासर र एक्स थ्री प्रो बुकिङ गर्दा बोस वासिङ मेशिन पाइने छ ।