Thursday, April 30, 2026
spot_img
spot_img

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन छोडेपछि व्यवसायी आन्दोलित, आन्तरिक उडान बन्द गराउने चेतावनी

spot_img
spot_img

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन छोडेपछि त्यस क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा व्यवसायीहरुले विमानस्थलको मुख्य गेटमा भेला भएर एक घण्टा धर्ना दिएका हुन् ।

व्यवसायीहरुले भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु नगरे आन्तरिक उडान बन्द गराउने, मन्त्री तथा सम्बन्धित अधिकारीहरुलाई भैरहवामा बहिष्कार गर्ने र संघीय पर्यटन मन्त्रालय घेराउसम्मको सम्मको चेतावनी दिएका छन् । नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले आफूहरु निर्णायक आन्दोलन गर्न तयार रहेको भन्दै तत्काल माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।

विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरू चिन्तित बनेका छन् ।

गत वर्ष कात्तिकमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले भैरहवाबाट केही समय उडान गरेका थिए । तर, त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट उडान बन्द भएको छ ।

३५ अर्ब ६६ करोड लागतमा निर्माण भएको विमानस्थललाई हेरेर सो क्षेत्रमा व्यवसायीहरुले एक खर्ब रुपैयाँको लगानी गरेका छन् । भैरहवा र आसपासमा मात्रै व्यवसायीहरुले पर्यटन पूर्वाधारमा ऋण लिएर लगानी विस्तार गरेपनि एयरपोर्ट नचल्दा उनीहरु आजित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img