नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरू सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषताहरू समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न (TBT) नेभिगेसन, एबिएस (ABS) राइड मोड डिस्प्ले उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ । जसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएम को अधिकतम टर्क दिन्छ । यसमा ५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषताहरू समावेश छन् । यो मोडलमा उत्कृष्ट ईन्धन सक्षमता रहेको छ ।
उक्त सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी रहेको बताए । उनले भने “पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ । एन१६० ले पावर र डिजाइन अन्तर्गत बजारमा आफ्नो स्थान बनाउछ भने एन१२५ले ईन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ ।”
उनका अनुसार मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एन१६० मा उत्कृष्ट डिजाइनको १४ लिटर फुएल ट्यांक, आरामदायी सीट र स्टाइलिश १७ इन्चको ट्युबलेस टायर दिइएको छ । ७९५ मिलिमिटरको सीटको उचाइ र १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकोले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ । त्यस्तै पल्सर एन१२५को ७९५ मिलिमिटर सीट उचाइ, १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउँछ ।
बैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न तथा बजाजको नजिकको बजाज सोरुमबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ । साथै बजाजको यस ग्राण्ड कार्निभलमा टेस्ट राईडको समेत व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
यस अवसरमा उपस्थित ग्राहकहरूलाई विशेष सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमा स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जीरो सर्विस चार्ज र बजाजको “खुसीको मिटर“ योजना अन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् । साथै निःशुल्क एक्सेसरीज पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।













