Wednesday, April 22, 2026
spot_img
spot_img

हायर पर्चेज कम्पनीले पनि ईभीमा ६० प्रतिशत मात्रै फाइनान्सिङ गर्नुपर्ने

spot_img
spot_img

हायर पर्चेज कम्पनीहरुले पनि अटो लोनमा ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) ६० प्रतिशत कायम गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनमा कर्जा प्रवाह गर्दा ६० प्रतिशत मात्रै फाइनान्सिङ गर्नुपर्ने व्यवस्था गरेकोमा अहिले हायर पर्चेज सेवा दिने कम्पनीहरुलाई पनि यो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को पाँचौ संशोधन गर्दै सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

‘कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । तर सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायबमोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ’ राष्ट्र बैंकले भनेको छ, ‘(क) सबै प्रयोजनका विद्युतीय सवारी साधन र (ख) निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन ।’

यसअघि ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ हुँदै आएकोमा केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले ६० प्रतिशतसम्म मात्रै फाइनान्सिङ गर्न पाउने व्यवस्था गरिदिएको थियो । अहिले हायर पर्चेज कम्पनीहरुलाई पनि यो प्रावधान लागू गरिदिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...
spot_img