Wednesday, April 22, 2026
spot_img
spot_img

एसएमएल इसुजुको एकमात्र बिक्रेता बन्यो लक्ष्मी ग्रुप

spot_img
spot_img

एस एम एल इसुजुले नेपालको लागी एक मात्र आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एस एम एल इसुजु ले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ ।

नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एस एम एल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । एस एम एल इसुजुको आधिकारीक बिक्रेता भए सँगै लक्ष्मी कमर्सियल भेहिकल्स ले आक्रमक बजार बिस्तार तथा सुदृढीकरण लागी सदैब तत्पर रहने जनाएको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्स ले बिगत सात वर्ष देखी एस एम एल इसुजुका सवारी साधान बिक्री गर्दै आएको तथा हाल नेपालमा सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको तथा आगामी दिनमा अंझै बिस्तार गर्दै लैजाने यस कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।

खड्काका अनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले ग्राहकको सहजताको लागी देशैभर स्पेयर पार्टसको उपलब्धता सुनिश्चित गरिने प्रतिबद्धता जनाए । यस ब्राण्ड प्रति देखाएको समर्पण प्रतिबद्धता र मेहनत लाई मध्यनजर गर्दै एस एम एल इसुजुले एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको उनले उल्लेख गरे। कम्पनीको यस निर्णयबाट अत्यन्त खुसी र उत्साहीत रहेको पनि खड्काले बताए ।

एस एम एल इसुजुको नेपाली बजारमा लाइट तथा मिडियम ट्रक टिप्पर साथै स्कुल बस र स्टाफ बस अन्र्तगत विभिन्न क्षमताका बस र ट्रकहरु उपलब्ध छन् । स्कुल बस सेग्मेन्टमा यस ब्राण्ड ले विगत लामो समय देखी बजारको अग्रनी स्थानमा रहेको पनि जानकारी गराएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...
spot_img