Thursday, June 25, 2026
spot_img

सरकारले नै ८०० नेपाली कामदार इजरायल पठाउने, मासिक तलव २ लाख बढी

spot_img
spot_img

नेपाल सरकारले ८०० जना नेपाली कामदारलाई इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि पठाउने भएको छ । वैदेशिक रोजगार विभागले आज असार ११ गते सार्वजनिक सूचना प्रकाशन गर्दै योग्यता पुगेका इच्छुक तथा योग्य व्यक्तिहरुलाई २१ दिन भित्र आवेदन दिनको लागि आग्रह गरेको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपालले ८०० जना कामदार पठाउन लागेको हो । यस्ता कामदारले इजरायलका दिर्घकालिन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरुको स्याहार गर्नु पर्ने छ ।

विभागले ५०० मुख्य उम्मेदवार र ३०० वैकल्पिक गरि कुल ८०० जना कामदार माग गरेको हो । जसमा महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत माग गरिएको छ। यस्ता कामदारको मासिक तलव ५ हजार ८ सय ८० इजरायली मुद्रा अर्थात् नेपाली २ लाख १० हजार हुन आउंछ । ओभरटाइम सुविधा र वार्षिक विदा इजरायल सरकारको नियम अनुसार हुनेछ भने हप्ताको ६ दिनसम्म काम गर्नु पर्ने छ । अतिरिक्त समय बाहेक हप्ताको ४२ घण्टा काम गर्नु पर्ने छ । आवासको सुविधा रोजगारदाताले गरे पनि खर्च आफैले बेहोर्नु पर्ने छ । खानाको खर्च पनि कामदारले नै बेहोर्नु पर्ने छ । सुरुमा १ वर्षको करार अवधि हुने र करार अवधि थपिएमा ५ वर्षसम्म काम गर्न सक्ने छन् ।

के चाहिन्छ योग्यता ?

(क) नेपाली नागरिक,
(ख) २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
(ग) कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल भएको,
(घ) कम्तीमा १० कक्षा उत्तीर्ण गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धि कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको,
(ङ) प्रवेशाज्ञाको लागि प्रकृया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी रहनुपर्नेछ ।
(च) विगतमा इजरायलमा गई कार्य नगरेको,
(छ) बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको,
(ज) शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहेको, कुनै प्रकारको जीर्ण रोगहरू (क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी गोनोरिया, एड्स बाट ग्रसित नभएको, गरुङ्गो सामान उचाल्न सक्ने लगायत स्पाहार केन्द्रमा सहायक कामदारको रुपमा कार्यगर्न, सामर्थ्य भएको र दुर्व्यसनमा नलागेको ।

कसरी दिने आवेदन ?

https://ferms.dofe.gov.np/israel/login मार्फत वा यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ । आवेदन दिने तरिका user manual मा उपलब्ध छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img