Friday, July 10, 2026
spot_img

त्रिभुवन विमानस्थल अब रातको १२ बजेसम्म सञ्चालन हुने, २ नयाँ एयरलाइन्सले पनि उडान गर्दै

spot_img

धावनमार्ग मर्मतका लागि रातको समयमा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बन्द नहुने भएको छ । अहिले रातको समयमा पूर्ण रुपमा विमानस्थल बन्द गरेर धावनमार्ग मर्मतको काम भइरहे पनि अब चैत १९ गतेबाट भने विमानस्थल बन्द नहुने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अब ट्याक्सीवेको मर्मतका क्रममा अप्रिल १ देखि उडान अवतरण रोकिने छैन ।

अप्रिलदेखि जहाजहरुको उडानमा समर सेड्युल सुरु भएसँगै विहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल चल्ने छ । अब दैनिक १८ घण्टा विमानस्थल सञ्चालन हुने महाप्रबन्धन निरौलाले जानकारी दिएका छन् ।

यसअघि नियमित समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ३ बजेसम्म नै उडान हुने थियो । अब हाललाई रातको १२ बजेसम्म विमानस्थल खुल्ने छ ।

यद्यपी, ट्याक्सीवे मर्मतको सबै काम सम्पन्न गर्न डेढ वर्षभन्दा बढी समय लाग्ने जनाइएको छ ।

नयाँ एयरलाइन्सको उडान पनि थप हुँदै

समर सेड्युल सुरु हुनासाथ नेपालमा दुई वटा नयाँ अन्तर्राष्ट्रिय वायुसेवाको उडान थप हुने भएको छ । एयर इन्डिया एक्सप्रेस र स्पाइसजेटले काठमाडौँमा उडान गर्न लागेका हुन् ।

भारतीय वायुसेवा कम्पनी स्पाइसजेट कोभिड अगाडि नेपालमा नियमित उडान गर्ने कम्पनी हो । तर, कोभिडपछि राकिएको उडान समर सेड्युलदेखि पुनः सुरु गर्न लागेको हो ।

एयर इण्डिया एक्सप्रेस भने पहिलोपटक नेपाल आउन लागेको हो ।

यी दुबै एयरलाइन्सले दिउँसोको समयका लागि स्लट पाइसकेका छन् ।

यस्तै, हाल हप्तामा ४ वटा उडान गर्दै आएको क्याथे प्यासिफिकसले पनि अब दैनिक उडान गर्ने भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img