Sunday, April 19, 2026
spot_img
spot_img

नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको नयाँ कार्यसमिति चयन

spot_img
spot_img

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन भएको छ । दोलखाको चरिकोटमा मंगलबार सम्पन्न संघको बागमती प्रदेशको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । नेपाल यसअघि पनि अध्यक्ष थिए ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरु गर्ने अध्यक्ष नेपालले बताएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...
spot_img