Thursday, August 27, 2026
spot_img
spot_img

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ११५ अन्तर्राष्ट्रिय उडान

spot_img

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरी महिनामा ११५ अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएका छन् । यसमार्फत कुल ६ हजार ७७९ यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार जजीरा एयरवेजमार्फत ३ हजार २६५ जना, फ्लाई दुबईमार्फत २ हजार ४०३ जना र थाई एयरमार्फत १ हजार ९७ यात्रुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा लिएका छन् । यस्तै, यस महिनामा १३ चार्टर उडानसमेत भएको उनको भनाइ छ ।

ति उडानमार्फत सेवा लिने यात्रुहरुमा २११ जना विदेशी यात्रु छन् ।

यस्तै, त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रुहरुले यात्रा गरेको महाप्रबन्धक तिवारीले जानकारी दिएका छन् ।

नोभेम्बर २०२४ बाट उडान भएयता २०२५ फेब्रुअरी महिनामा भएको यात्रु आवागमन अहिलेसम्मकै धेरै रहेको समेत उनको भनाइ छ । जनवरी २०२५ मा यस विमानस्थलबाट १ हजार ३६५ र डिसेम्बर २०२४ मा ३ हजार ८७८ यात्रुले सेवा लिएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...