Friday, August 28, 2026
spot_img
spot_img

भैरहवामा अन्तर्राष्ट्रिय उडान बढ्दै, ३ एयरलाइन्सको उडान सुरु, भाडा पनि घट्यो

spot_img

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । यसअघि खराब मौसमका कारण उडान रोकेका एयरलाइन्सले पुनः उडान सुरु गर्न थालेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार तीन एयरलाइन्सहरुले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । अहिले विमानस्थलबाट फ्लाई दुबई, थाई एयर र जजिरा एयरलाइन्सले नियमित उडान थालेका छन् ।

यस विमानस्थलबाट फ्लाई दुबईले दैनिक उडान गरिरहेको छ भने थाईले साताको दुई दिन सोमबार र बिहीबार उडान गर्दै आएको छ । जजिराले मंगलबार, बिहीबार र शनिबार उडान गर्दै आएको छ ।

यसैबीच, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने यात्रुहरुको भाडा ३ हजार रुपैयाँ सस्तो भएको छ । २०८३ भदौ मसान्तसम्मको लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैयाँ यात्रु शुल्क पूर्णरुपमा छुट गरेकाले भाडा घटेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...