Friday, May 8, 2026
spot_img
spot_img

एनसेलको ओरालो यात्राः महिना दिनमै २ लाख ग्राहक घटे, कारण के ?

spot_img
spot_img

नेपाली बजारमा आक्रामक रुपमा उदाएको टेलिकम कम्पनी ‘एनसेल’को ओरालो यात्रा सुरु भएको छ । हरेक महिना ‘सिम सब्सक्रिप्सन’का ग्राहक घट्न थालेसँगै नेपाली बजारमा एनसेलले उपस्थिति कमजोर बन्न थालेको देखिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पनि पछिल्लो समय एनसेलका ग्राहक घट्ने क्रम बढिरहेको छ । दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार २०८१ मंसिरको तुलनामा २०८१ पौष महिनामा एनसेलका २ लाख भन्दा बढी ग्राहक घटेका छन् ।

‘सिम सब्सक्रिप्सन’का ग्राहक संख्या मंसिरसम्ममा १ करोड ४९ लाख ४४ हजार ९२७ थिए भने पौषसम्ममा यो संख्या २ लाख ७ हजार ७२२ ले घटेर १ करोड ४७ लाख ३७ हजार २०५ मा सिमित भएको छ ।

एनसेलको ग्राहक घटिरहेका बेला नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को भने ग्राहक संख्या बढ्न थालेका छन् । मंसिरमा टेलिकमका ग्राहक १ करोड ५२ लाख १३ हजार ८५० थिए भने पौषसम्ममा १ करोड ५२ लाख १६ हजार ४५० पुगेका छन् ।

नेपाल टेलिकमलाई बजार हिस्सामा पछ्याइरहेको एनसेलले टेलिकमका ग्राहक बढ्ने र आफ्नो ग्राहक घट्ने क्रम सुरु हुन थालेपछि बजार हिस्सा पनि गुमाउन थालेको छ । २०८१ मंसिरसम्म एनसेलको बजार हिस्सा ४९.५५२ प्रतिशत थियो भने नेपाल टेलिकमको बजार हिस्सा ५०.४४४ प्रतिशत थियो । तर, पौषसम्ममा आउँदा एनसेलको बजार हिस्सा ४९.१९८ प्रतिशतमा झरेको छ भने नेपाल टेलिकमको बजार हिस्सा बढेर ५०.७९८ प्रतिशत पुगेको दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

किन घट्न थाले एनसेलका ग्राहक ?

विगतमा आयकर छली प्रकरणले नेपाली प्रयोगकर्ता एनसेलप्रति नकारात्मक बनेका थिए । यो प्रकरण सेलाउन नपाउँदै एनसेलको माउ कम्पनी बिक्रीका क्रममा नेपालको कानुन उलङ्घन गरिएको र यसमा पनि कर छली भएको विषय बाहिर आयो । छानबिन समिति नै बन्यो । यसबाट पनि एनसेलका ग्राहक भड्किएको स्रोत बताउँछ ।

यसपछि पुनः एनसेलले ‘रिचार्ज भ्यालिडिटी’ घटाउने नीति लियो । एनसेलले ५० रुपैयाँदेखि ९९ रुपैयाँ सम्मको रिचार्जमा ७ दिन, ५ सय रुपैयाँदेखि ९९९ रुपैयाँ सम्मको रिचार्जमा ५० दिन र १ हजार माथिको रिचार्जमा ९० दिन मात्रै ‘भ्यालिडिटी’ दिन थालेपछि ग्राहकहरुले चर्को आलोचना गरेका थिए । कतिपयले एनसेल बहिष्कारको अभियान नै चलाएका पनि थिए । यसले पनि एनसेलको ग्राहक संख्या घटाएको बताइन्छ ।

यद्यपी, चर्को आलोचना खेप्न नसकेपछि एनसेलले अहिले ‘रिचार्ज भ्यालिडिटी’ घटाउने नीति सच्याएर नेपाल टेलिकम सरह नै बनाएको छ । आलोचना पछि एनसेलले ५० रुपैयाँदेखि ९९.९९ रुपैयाँ सम्मको रिचार्जमा ३० दिन, १ सय रुपैयाँदेखि १९९.९९ रुपैयाँ सम्मको रिचार्जमा ६० दिन, २ सय रुपैयाँदेखि २९९.९९ रुपैयाँ सम्मको रिचार्जमा १४० दिन, ३ सय रुपैयाँदेखि ४९९.९९ रुपैयाँ सम्मको रिचार्जमा २ सय दिन, ५ सय रुपैयाँदेखि ९९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३६० दिन र १ हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ७३० दिनको ‘मान्य अवधि’ कायम गरेको छ ।

ग्राहक संख्या घटेको कारणबारे कम्पनीले केही अध्ययन गरेको छ कि भन्ने विषयमा जिज्ञासा राख्न एनसेलका अधिकारीहरुलाई सम्पर्क गर्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img