Saturday, July 18, 2026
spot_img

सोमबार अमेरिकी राष्ट्रपतिको सपथ लिँदै ट्रम्प, देश निकालामा पर्न सक्छन् ३ हजार नेपाली

spot_img

गत नोभेम्बरमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रपति पदको सपथ लिंदै छन् । उनले जनवरी २० तारिखमा सपथ लिन लागेका हुन् । उनको सपथ ग्रहण कार्यक्रम नेपाली समय अनुसार रातको १०:४५ बजे हुने छ।

ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेपछि सोहि दिन नै १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले अमेरिका र मेक्सिकोबीचको सिमाना सिल गर्ने, व्यापक डिपोर्टेसन (देश निकाला गर्ने), महिलाको खेलमा ट्रान्सजेन्डर व्यक्तिहरूको सहभागिता रोक्ने, ऊर्जा अन्वेषणबारे, सरकारको काम कारवाहीबारे, लगायत हुने छन् । विशेषगरि उनले आफ्नो चुनावी प्रचारको बेलामा गरेका प्रतिवद्दता कार्यान्वयनको लागि कार्यकारी आदेशहरु हस्ताक्षर गर्ने तयारी गरेका हुन् । कार्यकारी आदेशहरु कानुन बराबर नै हुन्छन्, र संसदले पास गरिरहनु पर्दैन । यद्यपि अदालतमा चुनौती दिन भने सकिन्छ ।

ट्रम्पले चुनावको बेला आप्रवासनको मुद्दा जोडतोडले उठाएका थिए। अरु देशका नागरिकलाई अमेरिकामा बस्न दिन नहुने उनको भनाई थियो। उनले राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो दिन देखि नै अमेरिकी इतिहास कै सबैभन्दा ठूलो देश निकाला अभियान चलाउने घोषणा गरिसकेका थिए। सोमबार सपथ लिएपछि उनले यसबारेको कार्यकारी आदेश जारी गर्ने र सोमबार नै यो अभियान सुरु हुने बताईएको छ। यस क्रममा कानुन विपरित अमेरिकामा बसिरहेका अन्य देशका नागरिकलाई पक्राउ गरेर घर पठाइने अमेरिकी संचारमाध्यमहरुले बताएका छन् ।

यसको मारमा बिना कागजात र बिना कानुनी अनुमति अमेरिकामा बसिरहेका अन्य देशका नागरिक पर्ने छन् । यसकारण अमेरिकामा बसिरहेका हजारौ आप्रवासीहरु अहिले डर र त्रासमा भएको बताइन्छ । ट्रम्पको डिपोर्टेसन अभियान सिकागो, न्युयोर्क, लस् एन्जल्स, डेनभर, मियामी, मिसुरी लगायतका स्थानमा चल्ने बताईएको छ।

अमेरिकामा बिना अनुमति तथा गैर कानुनी रुपमा बसेकालाई देश निकाला गर्ने काम इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइईसी)को हो । आइईसीको एक रिपोर्ट अनुसार १३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा अन्य कुनै संरक्षण विना लुकिछिपी बसिरहेका छन् । उनीहरुलाई आइईसीले भेटेर पक्राउ गरेमा उनीहरु देशनिकालामा पर्ने छन् ।

अमेरिकाबाट संचालित मिडिया खसोखासका अनुसार अहिलेसम्म झण्डै ३५ सय नेपालीलाई अमेरिकाको अदालतबाट देशनिकालाको आदेश दिइएको छ। देशनिकालाको आदेश पाइसकेपछि पनि टीपीएस (Temporary Protected Status) बाट संरक्षितहरुको संख्या झण्डै १५ सयको हाराहारीमा रहेको बताईएको छ । नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म कायम रहेको र त्यसपछि टीपीएस नथपिएको खण्डमा टीपीएसबाट संरक्षित पहिले नै देशनिकालाको आदेश पाएका थप १५ सय नेपालीहरु देश निकाला हुन सक्ने खसोखासले उल्लेख गरेको छ।

खसोखासका अनुसार टीपीएस खारेज भएको खण्डमा आगामी ६ महिनाभित्र झण्डै ३ हजार नेपालीहरु देशनिकालामा पर्नेछन् । उनीहरुलाई पहिले नै अदालतबाट देशनिकालाको आदेश भईसकेकोले यदि अध्यागमनले पक्राउ गरेको खण्डमा उनीहरुलाई स्वेदश फर्काउनका लागि अरु कुनै अदालती प्रकृया पूरा गर्नुपर्ने छैन ।

कुन वर्ष कति नेपाली निकालिए ?

आइईसीले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०१९ देखि सन् २०२४ सम्ममा अमेरिकाले  ३८९ जना नेपालीलाई देश निकाला गरेको छ। जस मध्ये सन् २०१९ मा १६२ जना, सन् २०२० मा ९७ जना, सन् २०२१ मा २३ जना, सन् २०२२ मा २८ जना, सन् २०२३ मा २२ जना र सन् २०२४ मा ५७ जना रहेका छन् । सन् २०१९ र सन् २०२० मा अमेरिकाको राष्ट्रपतिमा ट्रम्प नै थिए । उनको कार्यकालमा तुलनात्मक रुपमा बढी नेपालीहरु देश निकालामा परेका छन् ।

हालका राष्ट्रपति जो बाईडेनले सन् २०२१ को जनवरीमा सपथ लिएका थिए। उनको ४ वर्षको कार्यकाल अवधिमा १३० जना नेपाली मात्र देश निकालामा परेका छन् । जबकी ट्रम्प राष्ट्र भएको बेला २ वर्ष मै २५९ जना नेपाली देश निकालामा परेका थिए।

यो पनि : अमेरिकामा विद्यार्थी पठाउने १० औं ठूलो देश बन्यो नेपाल: कति गए, के पढ्छन् ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img