Thursday, March 20, 2025
spot_img
spot_img

अमेरिकामा विद्यार्थी पठाउने १० औं ठूलो देश बन्यो नेपाल: कति गए, के पढ्छन् ?

दुई वर्षमा नेपालबाट ३१ हजार ८ सय जना भन्दा धेरै नेपालीहरु विद्यार्थी भिषामा अमेरिका पुगेको पाईएको छ। आर्थिक वर्ष २०२२/२३ मा १५ हजार ९० जना र आर्थिक वर्ष २०२३/२४ मा १६ हजार ७ सय ४२ जना गरि दुई वर्षको यस अवधिमा कुल ३१ हजार ८ सय ३२ जना नेपालीहरु विद्यार्थी भिषामा अमेरिका पुगेको एक अध्ययनले देखाएको हो ।

यो भनेको  औसतमा दैनिक ४३ जना भन्द धेरै नेपाली विद्यार्थीहरु अमेरिका पुगेको हो ।

अमेरिकी सरकारको लगानी रहेको ओपन डोर्सको प्रतिवेदनमा अनुसार आर्थिक वर्ष २०२३/२४ मा अमेरिका जाने नेपाली विद्यार्थीको संख्या ११ प्रतिशतले बढेको छ। जुन छैठौ ठूलो वृद्धि हो। आर्थिक वर्ष २०२३/२४ मा अमेरिका जाने घानाका विद्यार्थीको संख्या सर्वाधिक ४५  प्रतिशतले बढेको छ भने बंगलादेशी विद्यार्थीको संख्या २६ र भारतीय विद्यार्थीको संख्या २३ प्रतिशतले बढेको छ। त्यसपछि इरान, नाइजेरिया र नेपालका विद्यार्थीको संख्या क्रमश १५ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशतले बढेको हो ।

सन् २०२३/२४ मा अमेरिकामा विद्यार्थी पठाउने १० औ ठूलो देश नेपाल बनेको छ। सन् २०२३/२४ मा विश्वभरबाट कुल ११ लाख २६ हजार ६ सय ९० जना अन्तराष्ट्रिय विद्यार्थी अमेरिका पुगेका थिए। जस मध्ये भारतबाट सबैभन्दा धेरै ३ लाख ३१ हजार ६ सय २ जना र चीनबाट २ लाख ७७ हजार ३ सय ९८ जना विद्यार्थी अमेरिका गएका छन् । त्यस्तै साउथ कोरिया, क्यानाडा, ताइवान, भियतनाम, नाइजेरिया , बंगलादेश र ब्राजिलपछि अमेरिकामा धेरै विद्यार्थी जाने देशको १० औ नम्बरमा नेपाल रहेको छ।

प्रतिवेदनमा कुन देशका विद्यार्थी के पढ्न जान्छन् भन्ने पनि उल्लेख गरिएको छ। जसमा ४४.६ प्रतिशत नेपाली अन्डरग्र्याजुएट कोर्स पढ्न, र ३५ प्रतिशत नेपाली विद्यार्थी ग्य्राजुएट कोर्स पढ्न जाने उल्लेख छ।

सन् २०२३/२४ मा नेपालबाट अमेरिका गएका १६ हजार ७ सय ४२ जना मध्ये ९.९ प्रतिशतले बिजनेश एण्ड म्यानेजमेन्ट, ०.५ प्रतिशतले एजुकेशन, १७.९ प्रतिशतले इन्जिनियरिङ, १.३ प्रतिशतले फाइन एण्ड अप्लाईड आर्ट्स, ६.६ प्रतिशतले हेल्थ प्रोफेसन्स, तथा १ प्रतिशतले ह्युम्यानेटिज पढ्न गएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै ०.१ प्रतिशतले इन्टेनसिभ इंङ्गलिस, २९.९ प्रतिशतले म्याथ एण्ड कम्प्युटर साइन्स, १८ प्रतिशतले फिजिकल एण्ड लाइफ साइन्स, ५.७ प्रतिशतले सोसियल साइन्स, ७.५ प्रतिशतले अदर फिल्ड ओफ स्टडिज र १.७ प्रतिशतले भने आफुले पढ्ने विषय नखुलाएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अधिकांशले अमेरिका पुगेपछि पढ्ने विषय परिवर्तन गर्ने गएको त्यहाँ पुगेका नेपालीहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img