Saturday, July 18, 2026
spot_img

अमेरिकामा विद्यार्थी पठाउने १० औं ठूलो देश बन्यो नेपाल: कति गए, के पढ्छन् ?

spot_img

दुई वर्षमा नेपालबाट ३१ हजार ८ सय जना भन्दा धेरै नेपालीहरु विद्यार्थी भिषामा अमेरिका पुगेको पाईएको छ। आर्थिक वर्ष २०२२/२३ मा १५ हजार ९० जना र आर्थिक वर्ष २०२३/२४ मा १६ हजार ७ सय ४२ जना गरि दुई वर्षको यस अवधिमा कुल ३१ हजार ८ सय ३२ जना नेपालीहरु विद्यार्थी भिषामा अमेरिका पुगेको एक अध्ययनले देखाएको हो ।

यो भनेको  औसतमा दैनिक ४३ जना भन्द धेरै नेपाली विद्यार्थीहरु अमेरिका पुगेको हो ।

अमेरिकी सरकारको लगानी रहेको ओपन डोर्सको प्रतिवेदनमा अनुसार आर्थिक वर्ष २०२३/२४ मा अमेरिका जाने नेपाली विद्यार्थीको संख्या ११ प्रतिशतले बढेको छ। जुन छैठौ ठूलो वृद्धि हो। आर्थिक वर्ष २०२३/२४ मा अमेरिका जाने घानाका विद्यार्थीको संख्या सर्वाधिक ४५  प्रतिशतले बढेको छ भने बंगलादेशी विद्यार्थीको संख्या २६ र भारतीय विद्यार्थीको संख्या २३ प्रतिशतले बढेको छ। त्यसपछि इरान, नाइजेरिया र नेपालका विद्यार्थीको संख्या क्रमश १५ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशतले बढेको हो ।

सन् २०२३/२४ मा अमेरिकामा विद्यार्थी पठाउने १० औ ठूलो देश नेपाल बनेको छ। सन् २०२३/२४ मा विश्वभरबाट कुल ११ लाख २६ हजार ६ सय ९० जना अन्तराष्ट्रिय विद्यार्थी अमेरिका पुगेका थिए। जस मध्ये भारतबाट सबैभन्दा धेरै ३ लाख ३१ हजार ६ सय २ जना र चीनबाट २ लाख ७७ हजार ३ सय ९८ जना विद्यार्थी अमेरिका गएका छन् । त्यस्तै साउथ कोरिया, क्यानाडा, ताइवान, भियतनाम, नाइजेरिया , बंगलादेश र ब्राजिलपछि अमेरिकामा धेरै विद्यार्थी जाने देशको १० औ नम्बरमा नेपाल रहेको छ।

प्रतिवेदनमा कुन देशका विद्यार्थी के पढ्न जान्छन् भन्ने पनि उल्लेख गरिएको छ। जसमा ४४.६ प्रतिशत नेपाली अन्डरग्र्याजुएट कोर्स पढ्न, र ३५ प्रतिशत नेपाली विद्यार्थी ग्य्राजुएट कोर्स पढ्न जाने उल्लेख छ।

सन् २०२३/२४ मा नेपालबाट अमेरिका गएका १६ हजार ७ सय ४२ जना मध्ये ९.९ प्रतिशतले बिजनेश एण्ड म्यानेजमेन्ट, ०.५ प्रतिशतले एजुकेशन, १७.९ प्रतिशतले इन्जिनियरिङ, १.३ प्रतिशतले फाइन एण्ड अप्लाईड आर्ट्स, ६.६ प्रतिशतले हेल्थ प्रोफेसन्स, तथा १ प्रतिशतले ह्युम्यानेटिज पढ्न गएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै ०.१ प्रतिशतले इन्टेनसिभ इंङ्गलिस, २९.९ प्रतिशतले म्याथ एण्ड कम्प्युटर साइन्स, १८ प्रतिशतले फिजिकल एण्ड लाइफ साइन्स, ५.७ प्रतिशतले सोसियल साइन्स, ७.५ प्रतिशतले अदर फिल्ड ओफ स्टडिज र १.७ प्रतिशतले भने आफुले पढ्ने विषय नखुलाएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अधिकांशले अमेरिका पुगेपछि पढ्ने विषय परिवर्तन गर्ने गएको त्यहाँ पुगेका नेपालीहरु बताउछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img