Thursday, April 30, 2026
spot_img
spot_img

महासंघ विधान संशोधनः २ जना वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव कसरी ‘फेल’ भयो ?

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएसँगै अब अध्यक्ष पदमै प्रत्यक्ष निर्वाचन हुने भएको छ । यसअघि महासंघको विधान २०४९ को छैठौँ संशोधनमार्फत वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुन्थ्यो र निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो । तर, मंसिर २५ गते सम्पन्न भएको महासंघको विशेष साधारणसभाले महासंघको विधान २०४९ लाई सर्वसम्मत रुपमा सातौँ संशोधन गर्दै अध्यक्षमै प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गरेको हो ।

२०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुँदै आएकोमा अब भने वर्तमान वरिष्ठ उपाध्यक्ष (अन्जन श्रेष्ठ) स्वतः अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारणसभाले अध्यक्षमै निर्वाचन गर्नेछ । अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ ।

२ वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव ‘फेल’

उद्योग वाणिज्य महासंघ विधान संशोधन समितिले मस्यौदा बनाएर राखेको लामो समय भइसकेको थियो । शेखर गोल्छाकै पालामा विधान संशोधन समितिले मस्यौदा तयार पारेपनि उनले केन्द्रीय कार्यकारीणि समितिबाट खासै अघि बढाउन सकेनन् । त्यसो त, गोल्छा अध्यक्षमा निर्वाचित भएपछिको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नै विधान संशोधन गर्ने निर्णय गर्दै कुशकुमार जोशीको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो । ८ जना सदस्य रहेको उक्त समितिले ११ महिना लगाएर मस्यौदा तयार पारेको थियो ।

त्यहीँ समितिले अध्यक्षमै प्रत्यक्ष निर्वाचन हुनुपर्ने प्रस्ताव गरेको थियो । यसपछि पुनः महासंघले राय सुझावका लागि प्रस्तावित मस्यौदा जिल्ला र वस्तुगत संघहरुलाई पठायो । त्यसमा २ जना वरिष्ठ उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।

अधिकांश जिल्ला, नगर र वस्तुगत तथा एशोसियट सदस्यहरुले २ जना वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव हास्यास्पद रहेको भन्दै आलोचना गरेका थिए । पदको भागबण्डा गर्नकै लागि २ वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको भन्दै चर्को आलोचना भयो । अन्ततः विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष एक जना मात्रै रहने र सो पदमा प्रत्यक्ष निर्वाचन नहुने गरि विधान संशोधन गरेको छ ।

‘आकांक्षीलाई पदको व्यवस्थापन गर्नका लागि मात्रै गरिएको २ जना वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव कुनै पनि तर्कबाट पुष्टि हुन सक्ने अवस्था थिएन, विशेष साधारणसभाले त्यो प्रस्ताव खारेज मात्रै गरेन, वरिष्ठ उपाध्यक्षमा निर्वाचन नै नहुने गरि विधान संशोधन गरेको छ’ एक जना केन्द्रीय सदस्यले भने, ‘वरिष्ठ उपाध्यक्षको चयन पनि केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ ।’

त्यसो त, २ जना वरिष्ठ उपाध्यक्ष हुँदा अध्यक्षले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्दा समेत विवाद उत्पन्न हुन सक्ने र त्यसको असर जिल्ला तहसम्म पर्न सक्ने भन्दै विशेष साधारणसभामा सहभागीहरुले चिन्ता समेत जनाएका थिए ।

उपाध्यक्षको संख्या ३ बाट ५ पुर्‍याईयो

महासंघमा हाल एक वरिष्ठ उपाध्यक्षबाहेक एक जिल्ला नगर उपाध्यक्ष, एक एशोसियट उपाध्यक्ष र एक वस्तुगत उपाध्यक्ष गरि तीनजना उपाध्यक्ष रहने प्रावधान छ । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरका सदस्यहरुले एक जना उपाध्यक्ष अपुग हुने भन्दै जिल्ला नगरतर्फबाट २ जना उपाध्यक्ष हुनुपर्ने माग गर्दै आएका थिए । नयाँ विधान अनुसार अब जिल्ला नगरले २ जना उपाध्यक्ष पाउने भएको छ ।

यस्तै, एशोसियट र वस्तुगत तर्फबाट हालकै जस्तो एक एक जना उपाध्यक्ष रहनेछन् ।

महासंघमा पहिलो पटक महिला उपाध्यक्षको पद थपिएको छ । महिला उपाध्यक्षमा प्रत्यक्ष चुनाव हुँदैन । कार्यकारिणी समितिले महिला उापाध्यक्ष चयन गर्नेछ । तर, यसका लागि केन्द्रीय कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य हुनुपर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img