Friday, July 10, 2026
spot_img

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

spot_img

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै बोर्डले बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि आगामी साता सम्ममा समयवद्ध कार्ययोजनासहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने जनाएको हो ।

बोर्डले धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, लगायतका अन्य नियमावलीहरू तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन गर्ने कार्य प्रारम्भ भइसकेको पनि जनाएको छ ।

लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिई बोर्डले कार्य अगाडि बढाई रहेकोले कसैको पनि हल्ला, बहकाऊ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिई सुझबुझ पूर्वक लगानी सम्बन्धी निर्णय लिन बोर्डले लगानीकर्तालाई अनुरोध गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img