Friday, June 12, 2026
spot_img

विश्वकप बल: पाकिस्तानमा निर्माण, ९० मिनेट चार्ज चाहिने, १ सेकेण्ड मै पठाउँछ ५०० डाटा

spot_img
spot_img

आजदेखि सुरु हुने फिफा विश्वकप २०२६ को आधिकारिक म्याच बलको रुपमा अडिडास ट्रियोन्डा (Adidas Trionda) गरिएको छ। यो बलले तीन आयोजक राष्ट्रहरूको एकता, आधुनिक प्रविधि र खेलको परम्परालाई जोड्ने अद्भुत डिजाइन बोकेको छ।

ट्रियोन्डा नाम “Tri” (तीन) र स्पेनिश शब्द “Onda” (तरंग वा भाइब) बाट बनेको हो। यो नामले तीन आयोजक राष्ट्रहरू (क्यानडा, मेक्सिको र अमेरिका) को संयुक्त “तरंग” वा ऊर्जालाई प्रतिनिधित्व गर्दछ। बलको डिजाइनमा पनि तरंग जस्तै फ्लुइड ज्यामिति देखिन्छ जसले तीन राष्ट्रको साझा भावनालाई झल्काउँछ।

बल मुख्य रूपमा सेतो रङमा छ तर क्यानडाको रातो (मेपल लीफ), मेक्सिकोको हरियो (ईगल) र अमेरिकाको नीलो (तारा) रङका तरंगहरू मिसिएका छन्। तीन राष्ट्रका प्रतीकहरू – क्यानडाको मेपल लीफ, मेक्सिकोको ईगल र अमेरिकाको तारा – बलमा सजिएका छन्। चार प्यानलको संरचनाले केन्द्रमा त्रिकोण (ट्राईएंगल) बनाउँछ जसले तीन राष्ट्रको साझेदारीलाई प्रतीकात्मक रूपमा देखाउँछ।

यो फिफा विश्वकप इतिहासमा सबैभन्दा कम प्यानल (४) भएको बल हो। यसमा थर्मली बन्डेड पोलियुरेथेन प्यानलहरू प्रयोग गरिएको छ जसले सिमलेस (निर्बाध) अनुभव दिन्छ। यो २०२२ को अल रिह्ला (२० प्यानल) भन्दा धेरै सरल र उन्नत छ। बलले म्याक्रो र माइक्रो डिबोस्ड प्याटर्नहरूले उडान स्थिरता, स्वर्भ (घुम्ने क्षमता) र भिजेको अवस्थामा राम्रो ग्रिप प्रदान गर्दछ।

बल भित्र १४ ग्रामको मोशन सेन्सर चिप छ जसले स्पिन, मुभमेन्ट र स्पीडलाई ५०० पटक प्रति सेकेन्ड ट्र्याक गर्दछ। अर्थात् बलले हरेक सेकेण्ड ५०० पटक डाटा पठाउँछ।   यो डाटा VAR प्रणालीमा रियल-टाइममा पठाइन्छ जसले अफसाइड, ह्यान्डबल जस्ता निर्णयहरूलाई छिटो र सही बनाउँछ।

यो पहिलो पटक रिचार्जेबल सेन्सर भएको बल हो। अघिल्लो संस्करणमा यस्तो ब्याट्री थिएन। ट्रियोन्डा बलमा रहेको सेन्सर चलाउनका लागि चार्ज गर्नुपर्छ। पूर्ण चार्ज हुन करिब ९० मिनेट लाग्छ। वायरलेस इन्डक्शन चार्जिङ, Qi स्टाइलले बल चार्ज गर्छ। पूर्ण चार्जमा ६ घण्टा सम्म सक्रिय खेल समय टिक्छ, जुन एउटा म्याचभन्दा धेरै बढी हो। म्याच अघि विशेष चार्जिङ स्टेसनमा बललाई चार्ज गरिन्छ। प्रविधिले खेलाडी र दर्शकलाई कुनै असर गर्दैन।

ट्रियोन्डा बलले विश्वकपलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। तीन राष्ट्रको एकता, प्रविधिको तरंग र खेलको उत्कृष्टतालाई जोड्ने यो बलले फुटबल इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ। फिफा र अडिडासले यसलाई “सबैभन्दा भिजुअली प्लेफुल” बल भनेका छन्।

बलको निर्माण सियालकोट, पाकिस्तान मा Forward Sports कम्पनीले गरेको छ। यो पाकिस्तानको सियालकोट शहर विश्वको फुटबल बल उत्पादनको राजधानी मानिन्छ, जसले विश्वका करिब ७०% फुटबल बलहरू उत्पादन गर्दछ। यो कम्पनी Adidas को लागि लामो समयदेखि साझेदार हो। यो कम्पनीले अघिल्ला विश्वकप बलहरू जस्तै Al Rihla (२०२२), Telstar 18 आदि पनि बनाएको थियो। डिजाइन र प्रविधि Adidas (जर्मनी) ले गरेको हो, तर उत्पादन र हस्तकला पाकिस्तानमा हुन्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार...

अनुमति लिएर काम नगर्ने हाइड्रोको लाईसेन्स खारेज हुँदै, प्रतिवेदनले के दियो राय ?

विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा...

निजी क्षेत्रबाट को को पर्दैछन् सम्पत्ति छानबिनको दायरामा ?

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रका...

इप्पान चुनाव: ‘भिजन २०२९’ सहित उत्तम समूहको प्यानल घोषणा, यस्ता छन् ६१ प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...

इप्पान चुनाव: परिवर्तनको एजेण्डासहित खतिवडा समूहको प्यानल घोषणा, यस्ता छन् प्रतिवद्दता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार...

दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै पनि बेइमानी गरेको प्रमाण देखाउन अर्थमन्त्रीको चुनौति

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा हेरफेर हुने करका दरबारे व्यवसायीलाई...
spot_img