Sunday, August 2, 2026
spot_img

इप्पान चुनाव: उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित

spot_img

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले जेठ २९ गते शुक्रबार नयाँ नेतृत्व चयन गर्दै छ। २४ पदको लागि ३५ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

निर्वाचन समितिले आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।  जसमा एक जना उपमहासचिव र ५ जना सचिव निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिवमा कविता पोखरेलको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै सचिवमा ७ जनाको उम्मेदवारी परेकोमा दाबी विरोध उपर छानबिन गर्दै निर्वाचन समितिले २ जनाको उम्मेदवारी खारेज गरेर ५ जनाको मात्र उम्मेदवारी कायम राखेको छ। ६ जना नै निर्वाचित हुने व्यवस्था  रहेकोले ५ जना सचिव  पनि निर्विरोध भएका हुन् ।

सचिवमा निर्विरोध हुनेहरुमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, कुवेर मणि नेपाल, विजय मोहन भट्टराई, र सुमन कुमार जोशी रहेका छन् ।

अब बाँकी पदको लागि भने भोलि मतदान हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...
spot_img