विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विजय हाँसिल गर्ने निश्चित देखिएको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा विभिन्न अमेरिकी संचारमाध्यमहरुले ट्रम्पले जित्ने निश्चित भएको घोषणा गरेका हुन् ।
कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्ने छन्। हालसम्म ट्रम्पले २६७ इलेक्ट्रोल कलेजनमा विजय हाँसिल गरिसकेका छन्। मतपरिणाम आउँन बाँकि रहेका इलेक्ट्रोल कलेज मध्ये अधिकांशमा उनको अग्रता छ ।
यस संगै उनले डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने छन् । साथै ४ वर्षपछि फेरि ट्रम्प राष्ट्रपति बन्ने छन् ।
विजयी निश्चित भएसंगै ट्रम्पले फ्लोरिडा राज्यमा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले अमेरिकाको लागि सुनौलो युग भएको प्रतिक्रिया दिएका छन् र अमेरिकालाई फेरि महान बनाउने घोषणा गरेका छन्। उनले अमेरिकी जनताले आफुलाई अभूतपूर्व र शक्तिशाली म्यान्डेट दिएको बताएका छन् ।