Thursday, August 27, 2026
spot_img
spot_img

लेखा समितिका सभापतिले भने, ‘प्रचण्ड सरकारले बिजुलीमा १६ अर्ब छुट दिएको प्रमाण छ’

spot_img

सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले तत्कालिन सरकारले उद्योगीहरुलाई विद्युतको १६ अर्ब छुट दिएको बताएका छन् । संसदमा बोल्दै सभापति पोखरेलले तत्कालिन प्रचण्ड नेतृत्वको सरकार र विद्युत प्राधिकरण मिलेर उद्योगीलाई विद्युत महशुलमा १६ अर्ब रुपैयाँ छुट दिएको प्रमाण आफूसँग रहेको बताएका हुन् ।

पोखरेलले मन्त्रिपरिषद्को निर्णयको प्रति देखाउँदै गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्युत महशुलको बक्यौता बापतको १६ अर्ब रुपैयाँ छुट दिने निर्णय गरेको बताएका हुन् ।

२२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि समितिका त्यो विषय उठेको त्यसपछि समितिमा छलफल गराएको उनले बताए ।

‘आठ अर्बको विद्युत बिल पठायो, त्यो विषय समितिमा हल्लाखल्ला भयो । २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि त्यो विषय उठेपछि छलफलमा लगेका थियौँ’ उनले भने, ‘एक माननीयले भन्नुभयो सरकारले १६ अर्ब छुट दियो र ६ अर्ब तिर्नुपर्ने अन्य दायित्वसहितको जोडेर ८ अर्बको बिल पठाएको छ, यो विषय छलफल गरिनुपर्छ । हामीले महालेखाको प्रतिवेदनमा उल्लेखित विषयलाई छलफल नगरी कसरी ८ अर्बको बिल गयो भनेर खोजि गरेका थियौँ ।’

पोखरेलले १६ अर्ब रुपैयाँ छुट दिनेहरु क्रान्तिकारी र २२ अर्ब रुपैयाँ उठाउनुपर्छ भन्नेहरुलाई भष्ट्राचारीको रुपमा चित्रित गरिएको भन्दै दुःखेसो समेत गरे ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...