Friday, May 23, 2025
spot_img

लेखा समितिका सभापतिले भने, ‘प्रचण्ड सरकारले बिजुलीमा १६ अर्ब छुट दिएको प्रमाण छ’

spot_img

सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले तत्कालिन सरकारले उद्योगीहरुलाई विद्युतको १६ अर्ब छुट दिएको बताएका छन् । संसदमा बोल्दै सभापति पोखरेलले तत्कालिन प्रचण्ड नेतृत्वको सरकार र विद्युत प्राधिकरण मिलेर उद्योगीलाई विद्युत महशुलमा १६ अर्ब रुपैयाँ छुट दिएको प्रमाण आफूसँग रहेको बताएका हुन् ।

पोखरेलले मन्त्रिपरिषद्को निर्णयको प्रति देखाउँदै गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्युत महशुलको बक्यौता बापतको १६ अर्ब रुपैयाँ छुट दिने निर्णय गरेको बताएका हुन् ।

२२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि समितिका त्यो विषय उठेको त्यसपछि समितिमा छलफल गराएको उनले बताए ।

‘आठ अर्बको विद्युत बिल पठायो, त्यो विषय समितिमा हल्लाखल्ला भयो । २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि त्यो विषय उठेपछि छलफलमा लगेका थियौँ’ उनले भने, ‘एक माननीयले भन्नुभयो सरकारले १६ अर्ब छुट दियो र ६ अर्ब तिर्नुपर्ने अन्य दायित्वसहितको जोडेर ८ अर्बको बिल पठाएको छ, यो विषय छलफल गरिनुपर्छ । हामीले महालेखाको प्रतिवेदनमा उल्लेखित विषयलाई छलफल नगरी कसरी ८ अर्बको बिल गयो भनेर खोजि गरेका थियौँ ।’

पोखरेलले १६ अर्ब रुपैयाँ छुट दिनेहरु क्रान्तिकारी र २२ अर्ब रुपैयाँ उठाउनुपर्छ भन्नेहरुलाई भष्ट्राचारीको रुपमा चित्रित गरिएको भन्दै दुःखेसो समेत गरे ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img