इमर्जिङ नेपाल लिमिटेडका ठूला शेयरधनीले साढे ८ लाख कित्ताभन्दा धेरै शेयर बिक्री गर्ने भएका छन् । कम्पनीको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो। तर आईजीन विवादका कारण लकइन अवधि सकिएपनि संस्थापक शेयरधनीले शेयर बेच्न पाएका थिएनन् ।
अब भने एकल आईजीन नै कायम हुने गरि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले निर्णय गरेर कम्पनीलाई पत्राचार गरेसंगै आधारभुत शेयरधनीलाई शेयर बिक्री गर्ने बाटो खुलेको हो। धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार कम्पनीका ठूला शेयरधनीले शेयर बिक्री गर्न लागेको जानकारी नेप्सेमा गराएका छन् ।
जस अनुसार रिजेन्सी ट्रेडिङ प्रालिले १ लाख कित्ता, विशाल अग्रवालले १ लाख ६७ हजार २ सय ३५ कित्ता, जगदीश प्रसाद अग्रवालले ६९ हजार ४ सय ५० कित्ता, निकुन्ज अग्रवालले १ लाख ६६ हजार ६ सय ८० कित्ता, अनुज अग्रवालले ९१ हजार ६ सय ७४ कित्ता र युनाईटेड डिस्ट्रीब्युटर्सले २ लाख ६२ हजार ५ सय कित्ता शेयर बेच्न लागेका हुन् ।
यी लगानीकर्ताले कुल ८ लाख ५७ हजार ५ सय ३९ कित्ता शेयर बेच्न लागेका हुन् ।









