Tuesday, September 8, 2026
spot_img

जेन् जी शहीद परिवारद्वारा सम्मानित भएपछि अक्षय गोल्यानले भने, ‘अब हाम्रो पालो’

spot_img

जेन् जी शहीद परिवारको संस्था ‘जेन् जी शहीद परिवार कल्याणकारी समाज’ले गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानलाई सम्मान गरेको छ । जेन् जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्यानलाई सम्मान गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्यानलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेको हो । अक्षय नेतृत्वको गोल्यान ग्रुपले गोल्यान फाउण्डेशनमार्फत जेन् जी आन्दोलनमा शहीद भएकाहरुका सन्तानलाई १२ कक्षासम्मको शैक्षिकवृत्ति र बुबा आमालाई आजीवन स्वास्थ्य बीमा प्रदान गरेको छ । आन्दोलनको एक महिनापछि २०८२ असोज २४ मा गोल्यान ग्रुपले शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिवद्धताअनुसार फाउण्डेशनमार्फत २२ जना शहीदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति र २२ शहीदका ४३ आमा–बुवालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरिएको छ । शैक्षिकवृत्ति कक्षा १२ सम्म र स्वास्थ्यबीमा आजीवन रहेको छ । फाउण्डेशनले शैक्षिकवृत्ति र स्वास्थ्य बीमा कार्यक्रमको लागि वार्षिक करिब साढे २ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्यानले शहीद परिवारमा समर्पित शिक्षा र स्वास्थ्यको बचन कुनै एक वर्ष वा कार्यक्रमको लागि नभई सधैंको लागि भएको बताए । ‘यो बचन आज गरेर भोलि बिर्सिने बचन होइन,’ उनले भने, ‘शहीदहरुको सम्मानमा उहाँहरुको सन्तान र बुवाआमाको सुरक्षित भविष्यको लागि निरन्तर रहन्छ ।’

जेन् जी आन्दोलनपछि शहीद परिवार र सन्तानहरु अध्ययन गर्ने विद्यालयको भ्रमणपछि शहीद परिवारको सुरक्षित भविष्यको लागि आफूलाई कर्तव्यबोध भएको उनले बताए ।

अध्यक्ष गोल्यानले शहीदहरुले देखेको सुरक्षित, प्रगतिशील, शान्त र न्यायपूर्ण नेपाल निर्माणको सपना सबै मिलेर पूरा गर्नुपर्ने बताए । ‘हामीले शहीदहरुको बलिदानलाई बिर्सेका छैनौं, देश बनाउने हरेक नेपालीको कर्तव्य हो,’ उनले भने, ‘शहीदहरुले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब पालो हाम्रो हो ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...