Saturday, September 14, 2024

दुई दिनपछि गुगल प्ले स्टोरमा फर्कियो इसेवाको एप

मंगलबार बिहानदेखि गुगल प्ले स्टोरबाट हटेको इसेवाको एप आज बिहीबारदेखि फेरि प्ले स्टोरमा उपलब्ध भएको छ l इसेवाले आज बिहीबार बिहानबाट इसेवाको एप  पुन: गुगल प्लेस्टोरमा उपलब्ध रहेको जानकारी दिएको हो l

इसेवाका अनुसार एप अपडेट हुने क्रममा रहेकोले केही दिन प्ले स्टोरबाट हटेको थियो । इसेवा प्रा. लि., इसेवा लिमिटेडमा परिणत भएसँगै, उक्त विवरण Google Playstore DUNS (Data Universal Numbering System) मा अपडेट गर्ने क्रममा रहेको कारण इसेवा एप अस्थाई रुपमा प्लेस्टोरबाट हटेको इसेवाले उल्लेख गरेको थियो।

एप प्ले स्टोरमा नभएको अवस्थामा पनि डाउनलोड भैसकेको इसेवा एपहरु सहज रुपमा चलिरहेका थिए।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...