Tuesday, August 4, 2026
spot_img

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

spot_img

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास मौज्दात छ भने नयाँ ग्यासका लागि लाइन नबस्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । संघले उपभोक्ताहरुका लागि एक अपिल जारी गर्दै जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, सो वर्गहरूले तत्काल लाइन नबसेर सहयोग गरिदिन अनुरोध गरेको हो ।

आयात नियमित हुदाँ पनि बजारमा ग्यास अभाव देखिएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै संघले बिक्रेताले उपलब्ध भएको ग्यास आम उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर पारदर्शी र व्यवस्थित ढंगले वितरण गर्ने, उद्योगहरूले पनि पारदर्शि र व्यवस्थित ढंगले बजारमा ग्यास पठाउने र निगमले पनि बजार सहज नहुन्जेल नियमित भन्दा बढी ग्यास आयात गर्ने कार्यमा इमानदार भएर लागेमा बजार सहज हुने जनाएको छ ।

संघले यसअघि आधा सिलिण्डर (७.१ केजी) ग्यास मात्र उपलब्ध गराइँदाको असर अहिले देखिएको भन्दै लामो समय आधा सिलिण्डरको प्रयोग हुनु र आम उपभोक्ताहरूमा ग्यास पाईंदैन कि भन्ने सोचले सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्दा समस्या देखिएको जनाएको छ ।

मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खति हुँदै आएकोमा आधा सिलिण्डर ग्यास मात्रै बजार पठाउँदा (विगत ४ महिनाको अवधि) नियमित खपत भन्दा कम आयात भएको र अहिले भरी सिलिण्डर बजार पठाउने नीति लागू हुँदा माग बढ्न गई समयमै ग्यास नपाउने समस्या देखिएको पनि संघले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

४१४.७९ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा, ईपीएस २३.३६ रुपैयाँ

माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

नियमन आयोगद्वारा बोनस पूर्व स्वीकृति व्यवस्थामा संशोधन, हाइड्रो कम्पनीलाई राहत

विद्युत नियमन आयोगले कम्पनीहरुको बोनस शेयरको पूर्वस्वीकृति समबन्धि व्यवस्थामा...

५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ?

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ ।...

यात्रुको मृत्यु भएमा १ लाख डलर क्षतिपुर्ति, ब्यागेज हराए ५०० डलरसम्म पाइने

आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई थप जिम्मेवार बनाउने उदेश्यले...

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...
spot_img