spot_img

५०५ किलोमिटर रेन्ज दिने लिपमोटर ‘बी०३एक्स’ नेपालमा, मूल्य कति ?

spot_img

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘लिपमोटर बी०३एक्स’ नेपाल आइपुगेको छ । नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्सले प्रीमियम एसयूभी ‘बी०३एक्स’ भ्त्रियाएको हो ।

शुक्रबार औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक हुने यो ईभी चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको मोडल हो । यसमा १४५ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ । साथै, ५३ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

५ सिट क्षमताको यो ईभीलाई १३३ किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो प्रीमियम ईभीमा एडिएस लेभल २ प्रविधि रहेकाले ड्राइभिङलाई सुरक्षित र इन्टेलिजेन्ट बनाउनेछ ।

चिनियाँ बजारमा ‘नम्बर वान स्टार्ट अप न्यु इनर्जी भेहिकल’ (एनईभी) ब्रान्डको रूपमा चिनिएको लिपमोटरले हालसम्म विश्वका ४० देशमा १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।

शुक्रबार लन्च हुने यो ईभी प्रतिस्पर्धी मूल्यमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । लन्च पश्चात कम्पनीले यसको बुकिङ र टेस्ट ड्राइभ खुल्ला गर्नेछ ।

फराकिलो क्याबिन र लक्जरी बनावटले नेपाली उपभोक्तामाझ यो ईभी लोकप्रीय बन्ने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...

SME लाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग महासंघको आग्रह

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा...

राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त

छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...