माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४१४.७९ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले ३१ करोड ८५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २० करोड ४७ लाखबाट बढेर ७९ करोड ४९ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पुंजी १ अर्ब ३६ करोड रहेको छ भने रिजर्भमा ६८ करोड ६८ लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ ८८ पैसा रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपनि विद्युत नियमन आयोगबाट बोनसको पूर्व स्वीकृतिको लागि ढिलाई हुँदा अहिलेसम्म पनि साधारणसभा सम्पन्न गर्न सकेको छैन ।









