आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ३ सय १० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ५५ रुपैयाँ तोकिएको छ ।









