Friday, May 23, 2025
spot_img

१५ महिना अगाडी ठूलो दुर्घटनाबाट जोगिएको थियो आज दुर्घटनाग्रस्त एयर डाईनेस्टीको हेलिकप्टर

spot_img

आज नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर १५ महिना अगाडी एउटा ठूलो दुर्घटनाबाट जोगिएको थियो । आज २०८१ साउन २३ गते एयर डाईनेस्टीको 9N- AJD रजिष्ट्रेशन नम्बर रहेको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको हो।

यहि हेलिकप्टर गतवर्ष काठमाडौँमा ठूलो दुर्घटनाबाट जोगिएको थियो । २०७९ चैत्र २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यस समय अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको थियो । हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको थियो। त्यस समय  हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । ठूलो दुर्घटनाबाट सो हेलिकप्टर जोगिएको थियो ।

आज भने सो हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको हो । काठमाण्डौ विमानस्थलबाट स्याफ्रुबेशी ( रसुवा जिल्ला) का लागि ४ जना यात्रु (चिनिया नागरिक) सहित उडान गरेको सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाण्डौ टावरसंग सम्पर्क विच्छेद भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो हेलिकप्टर नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ । दुर्घटनाको खवर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनिको 9N-ANL हेलिकप्टर दुर्घटनास्थल तर्फ प्रस्थान गरिसकेको प्राधिकरणले जनाएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img