Tuesday, August 18, 2026
spot_img

१५ महिना अगाडी ठूलो दुर्घटनाबाट जोगिएको थियो आज दुर्घटनाग्रस्त एयर डाईनेस्टीको हेलिकप्टर

spot_img

आज नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर १५ महिना अगाडी एउटा ठूलो दुर्घटनाबाट जोगिएको थियो । आज २०८१ साउन २३ गते एयर डाईनेस्टीको 9N- AJD रजिष्ट्रेशन नम्बर रहेको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको हो।

यहि हेलिकप्टर गतवर्ष काठमाडौँमा ठूलो दुर्घटनाबाट जोगिएको थियो । २०७९ चैत्र २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । त्यस समय अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको थियो । हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको थियो। त्यस समय  हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । ठूलो दुर्घटनाबाट सो हेलिकप्टर जोगिएको थियो ।

आज भने सो हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको हो । काठमाण्डौ विमानस्थलबाट स्याफ्रुबेशी ( रसुवा जिल्ला) का लागि ४ जना यात्रु (चिनिया नागरिक) सहित उडान गरेको सो हेलिकप्टर उडान गरेको ३ मिनेट पछि काठमाण्डौ टावरसंग सम्पर्क विच्छेद भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो हेलिकप्टर नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सुर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ । दुर्घटनाको खवर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनिको 9N-ANL हेलिकप्टर दुर्घटनास्थल तर्फ प्रस्थान गरिसकेको प्राधिकरणले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img