spot_img

लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

spot_img

टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका विभिन्न प्रमुख शहरमा विस्तार गरेको छ । बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा सम्पन्न कार्यक्रममार्फत ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक प्रत्यक्ष रूपमा सहभागी भएका छन् ।

अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवद्र्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने प्लेटफर्मका रूपमा अघि बढाएको जनाएको छ । कार्यक्रममा रिटेलर, डिलर तथा ग्यारेज मेकानिकसँग लुब्रिकेन्टको प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था र ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो ।

कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २०० भन्दा बढी सहभागी भएका थिए । यी पाँच शहरका उपलब्ध तथ्यांकअनुसार कुल सहभागी संख्या ७०० भन्दा बढी पुगेको हो ।

कार्यक्रममा टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारी आदानप्रदान गरिएको थियो । सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिस अनुसार सही भिस्कोसिटी तथा ग्रेडका लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा जोड दिइएको थियो ।कार्यक्रममा सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव तथा प्रतिक्रिया समेत सेयर गरेका थिए ।

कम्पनीले ‘ग्यारेज चौतारी’ मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने गतिविधि समेत सञ्चालन गर्दै आएको छ ।

बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा कार्यक्रम सम्पन्न गरेपछि लक्ष्मी ल्युब आयलले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि ‘रिटेलर एन्ड प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँका विभिन्न स्थानमा १२ दिन ५ घण्टासम्म विद्युत कटौती हुने

काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा...

विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी

सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको...

रारा चाउचाउ गुणस्तरयुक्त नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन

रारा ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । खाद्य प्रविधि...

ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी...