सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८ मा सम्पन्न AIRDC को General Membership Meeting मा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी AIRDC को Executive Board of Trustees को सदस्यसमेत रहने छन् ।
विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान र बीमा क्षेत्रको विकास एवं विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको AIRDC मा क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
AIRDC को आगामी Board of Trustees Meeting अप्रिल ६, २०२७ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ । यसैगरी, सन् २०२८ मा काठमाडौं, नेपालमा आयोजना हुने २५औँ AIRDC Conference को Local Organizing Committee का Chairman को जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन् ।
AIRDC को उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्यहरू प्रवर्द्धन गर्न तथा नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई समेत AIRDC को सदस्यतर्फ प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।










