सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८ मा सम्पन्न AIRDC को General Membership Meeting मा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी AIRDC को Executive Board of Trustees को सदस्यसमेत रहने छन् ।

विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान र बीमा क्षेत्रको विकास एवं विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको AIRDC मा क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

AIRDC को आगामी Board of Trustees Meeting अप्रिल ६, २०२७ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ । यसैगरी, सन् २०२८ मा काठमाडौं, नेपालमा आयोजना हुने २५औँ AIRDC Conference को Local Organizing Committee का Chairman को जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन् ।

AIRDC को उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्यहरू प्रवर्द्धन गर्न तथा नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई समेत AIRDC को सदस्यतर्फ प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...