Sunday, July 12, 2026
spot_img

फास्ट ट्रयाकको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

spot_img

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) अन्तर्गत प्याकेज नं.२ मा रहेको धेद्रे सुरुङ मार्गको सोमबार ब्रेक थ्रु भएको छ। मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङ (Twin Tube Tunnel) मध्ये १,७२८ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फको सुरुङ मार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर ब्रेक थ्रु गरेका हुन् ।

प्रधानमन्त्रीले सुरुङ मार्ग ब्रेक थ्रु कार्यक्रममा बोल्नुहुँदै काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य नयाँ प्रविधियुक्त ढङ्गले अघि बढिरहेकोमा खुसी व्यक्त गर्दै निर्माण कार्यमा आबद्ध सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। नेपालका लागि राष्ट्रिय गौरव तथा विशेष महत्त्व राख्ने यस आयोजना नेपालको विकास निर्माणमा नमुनायुक्त रहेको बताउँदै उनले नेपाल टनेल युगमा प्रवेश गरेको समेत उल्लेख गरे । प्रधानमन्त्रीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माण कार्यमा आउने बाधा व्यवधानहरूलाई समाधान गर्न नेपाल सरकार हर हमेसा तत्पर रहेको उल्लेख गर्दै तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्ने गरी अघि बढ्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन्।

सो अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना द्रुतमार्ग निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै आयोजना निर्माण कार्यमा नेपाल सरकार लगायत सम्बद्ध निकायबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, मित्र राष्ट्र चीन तथा दक्षिण कोरियाका महामहिम राजदूत, रथीवृन्द, सञ्चारकर्मी लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरूको उपस्थिति थियो ।

२०८१ ज्येष्ठ ११ गते धेद्रे सुरुङ मार्गको जोडी सुरुङ मध्ये निजगढबाट काठमाडौँ तर्फ आउने १,६५३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । यससँगै आयोजनामा निर्माणाधीन लेन डाँडा र धेद्रेका दुवै जोडी सुरुङ (Twin Tube Tunnel) हरू छिचोलिएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img