Thursday, September 10, 2026
spot_img

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटमा भएका सहमतिको स्वागत गर्दै निक्कीदवारा कार्यान्वयनका लागि आग्रह

spot_img

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग ६ जुन २०२६ मा नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय भेटवार्तामा भएका सहमतिहरुको स्वागत गरेको हो ।

व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलगायत विषयमा भएको व्यापक समीक्षा तथा नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतालाई संघले सकारात्मक रूपमा लिएको छ ।

भारतको यूपीआई र नेपालको एनपीआई बीच सुरु गरिएको पियर टू पियर भूक्तानी प्रणालीलाई संघले अत्यन्त सकारात्क उपलब्धिको रूपमा लिएको छ । यसले सीमापार रेमिट्यान्स, पर्यटन तथा साना व्यवसायिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ । साथै, डिजिटल इन्डिया भासिनी र काठमाडौं विश्वविद्यालयबीच भएको समझदारीले भाषा प्रविधि तथा डिजिटल नवप्रवर्तनमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास पनि संघले लिएको छ ।

साथै, संघ दुवै सरकारलाई व्यापार पूर्वाधार तथा सीमा नाकाहरूको आधुनिकीकरण, भन्सार तथा नियामकीय प्रक्रियाको सरलीकरण, रेल, सडक, हवाई तथा बहुआयामिक कनेक्टिभिटी विस्तार, ऊर्जा तथा पूर्वाधार आयोजनाहरूको शीघ्र कार्यान्वयन, द्विपक्षीय लगानी प्रवद्र्धन तथा गैरभ–भन्सार अवरोधको समाधान, डिजिटल भुक्तानी प्रणालीको विस्तार तथा सरकार र निजी क्षेत्रबीच संस्थागत संवादको सुदृढीकरणमा प्राथमिकता दिन आग्रह गरेको छ ।

क्नेक्टीभिटी सम्बद्ध पूर्वाधार बिकास तथा ऊर्जा सहकार्य नेपाल–भारत आर्थिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण आधारहरु भएको हुँदा पूर्वाधार विकास, जलविद्युत आयोजना, प्रसारण लाइन तथा दीर्घकालीन विद्युत व्यापार व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिन पनि संघले अपिल गरेको छ ।

निक्कीले नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन तथा सहजीकरण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...