संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
संवैधानिक परिषद्ले न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतमा बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल भएपनि संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।












