Tuesday, May 19, 2026
spot_img

समस्याग्रस्त घोषणा नभएका सहकारी पीडितले कहिले फिर्ता पाउँछन् पैसा ?

spot_img
spot_img

सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई पैसा फिर्ता दिन थालेपनि समस्याग्रस्त घोषणा नभएका सहकारी संस्थाबाट पीडित बचतकर्ता भने अन्योलमा देखिएका छन् । समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई पैसा फिर्ता गराउन थालिएको समाचार सहकारी मन्त्रालयले सार्वजनिक गरेपछि अहिले समस्याग्रस्त घोषणा नभएका तर, बचत रकम पनि नपाएका सहकारी पीडितहरुले गुनासो गरिरहेका छन् ।

देशभरी सयौँ सहकारीबाट लाखौँ बचतकर्ता पीडित भएपनि हालसम्म जम्मा २१ वटा सहकारी मात्रै समस्याग्रत घोषणा भएका छन् । केन्द्र सरकारले यी २१ वटा सहकारी संस्थाका पीडित बचतकर्तालाई प्राथमिकतामा रोखेर पैसा फिर्ता दिन सुरु गरेको छ । तर, समस्याग्रस्त घोषणा नभएका सहकारी संस्थाबाट पीडित बचतकर्ताहरु आफूहरुको पीडाबारे कुनै निर्णय नभएकोमा चिन्तित देखिएका छन् ।

मन्त्रालयका अनुसार समस्याग्रस्त घोषणा नभएका तर, बचतकर्ताको पैसा फिर्ता दिन नसकेका तथा बचतकर्तासँग सम्पर्कमा समेत नरहेका सहकारी संस्थाबारे के कस्तो कारबाही अघि बढाउने भन्ने निर्णय भइसकेको छैन । भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरुमा समस्याग्रस्त घोषणा भइसकेका सहकारी संस्थाका बचतकर्तालाई पैसा फिर्ता दिलाउने र त्यसपछि घोषणा हुन बाँकी सहकारीबारे आवश्यक निर्णय गरिने बताएको छ ।

मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव राजेन्द्र प्रसाद गौतमले समस्याग्रस्त घोषणा नभएका तर, बचतकर्ताको रकम दुरुपयोग गरेका एवम् बचत रकम फिर्ता गर्न नसकेका सहकारी संस्थाबारे पछि अर्को निर्णय हुने बताएका छन् । ‘यसबारे पछि अर्को निर्णय होला’ उनले भने, ‘सञ्चालकबाट अशुल उपर गरेर बचतकर्तालाई उनीहरुको पैसा फिर्ता गराउने भनिएको छ । अहिलेको नीति यहीँ हो ।’

उनले क्रमशः आवश्यक निर्णय गर्दै र गरिएका निर्णय कार्यान्वयन गर्दै लैजाने नीति मन्त्रालयले लिएको संकेत गरेका छन् ।

सरकारले सोमबारबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन ३ वटा सहकारीका ३७८ जना बचतकर्ताको रकम फिर्ता गरेको हो । पहिलो दिन बचत रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना साना रहेका छन् ।

सरकारका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको झण्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ठूलो लगानी गर्ने भनेपछि अमेरिकाले फिर्ता लियो अडानीको २६ करोड डलरको घुस मुद्दा

अमेरिकाको न्याय विभाग (DOJ) ले भारतीय अरबपति गौतम अडानी...

अमेरिकामा टेक रोडशो गरेर विश्वसामु प्रस्तुत गरियो नेपालको आईटी क्षमता

अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ।...

नेपालमा हुन्डाईको एसेम्बलः २ वर्षमा २ हजार गाडी उत्पादन, थप २ अर्ब लगानी गरिँदै

नेपालमा हुन्डाईका गाडीको एसेम्बल हुन थालेको दुई वर्ष पूरा...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

डलरको मूल्य अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ हालसम्मै कै कमजोर

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ।...
spot_img