चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा जम्मा १ खर्ब पूँजीगत खर्च भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । जुन कुल विनियोजनको तुलनामा २७.९१ प्रतिशत मात्र हो ।
यसवर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बराबर पूँजीगत खर्च लक्ष्य राखेको छ ।












