विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले राजीनामा दिएका छन्। उनले वैशाख २८ गते राजीनामा दिएका हुन् ।
कम्पनीको संचालक समितिको बैठकले जेठ ८ गतेदेखि लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ।
कम्पनीले अर्को व्यवस्था नभए सम्मको लागि संस्थाको दैनिक कार्य सञ्चालनको लागि संस्थाको प्रमुख कार्यकारी अधिकृतको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको छ।









