Monday, May 4, 2026
spot_img
spot_img

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

spot_img
spot_img

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा भएका छन् । आज बोर्डको कार्यालयमा उनको बिदाई कार्यक्रम आयोजना गरिएको थियो ।

बिदाइ कार्यक्रममा ज्ञवालीले नेपालमा दीर्घकालीन महत्वका ठूला परियोजनाहरुमा लगानीका लागि लगानी बोर्डले आफ्नो भूमिका स्थापित गरेको बताएका छन् । लगानी बोर्डले हालसम्म करिव १७ खर्ब रुपैयाँ बराबरका परियोजनाहरु स्वीकृत गरेको र थप करिव २० खर्ब रुपैयाँ बराबरका परियोजनाहरुमा लगानी गर्नका लागि लगानीकर्ताहरुबाट लगानी प्रस्ताव प्राप्त भएकाले ठूला लगानीका परियोजनाहरु अघि बढाउन बोर्ड आवश्यक छ भन्ने स्थापित भएको उनको भनाइ छ ।

सो अवसरमा उनले लगानी बोर्डले हालै नेपाल उद्योग परिसंघसंगको सहकार्यमा १०० अर्ब अमेरिकी डलर बराबरका पिपिपी परियोजनाहरुको पाइपलाइन तयार पारी आगामी दश वर्षभित्र कार्यान्वयन गर्ने लक्ष्यसहित लगानीकर्ताहरुको बीचमा लैजान थालेको र यसले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउन महत्वपूर्ण योगदान गर्ने विचार व्यक्त गरे ।

लगानी बोर्डका अनुसार हालसम्म लगानी बोर्डमार्फत स्वीकृत भएका ५३ वटा परियोजनाहरुमध्ये रु ५८ अर्ब ८१ करोड लगानीका २ वटा परियोजना सम्पन्न भई उत्पादन चरणमा रहेका, रु ५ खर्ब ९८ अर्ब लगानीका २८ वटा परियोजनाहरु निर्माण भैरहेका, रु २ खर्ब ५५ अर्ब लगानीका २ वटा परियोजनाहरु वित्तीय व्यवस्थापनसहित कार्यान्वयन चरणमा प्रवेश गरेका छन् । रु ५ खर्ब ५५ अर्ब लगानीका ११ वटा परियोजनाहरु ‘आयोजना विकास सम्झौता’ चरणमा रहेका र रु ८४ अर्ब लगानीका ५ वटा परियोजनाहरु सम्बन्धित लगानीकर्तामार्फत विस्तृत अध्ययन भैरहेका छन् ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आफ्नो कार्यकालमा करिव ५ खर्ब रुपैयाँका परियोजनाहरु कार्यान्वयनको चरणमा पुगेको जानकारी दिँदै बोर्डले लगानीका लागि लिइएका लक्ष्यहरु हासिल गर्न सकिने आधारहरु तयार भएको बताउ ।

त्यसैगरी बोर्डले एकल बिन्दु सेवा केन्द्रसम्बन्धी कार्यविधि, स्वीस च्यालेन्जसम्बन्धी कार्यविधि, कोष सञ्चालन सम्बन्धी कार्यविधि, जग्जा अधिग्रहणसम्बन्धी कार्यविधि, विज्ञ परिचालनसम्बन्धी कार्यविधि, प्रदेश एवं स्थानीय तहका लागि सार्वजनिक निजी साझेदारीसम्बन्धी खाका, हाइब्रिड एन्युइटी मोडेलसम्बन्धी कार्यविधिहरुको मस्यौदा तयार पार्नुका साथै एकद्वार स्वीकृति प्रणालीकालागि समेत ऐन संशोधनको मस्यौदा तयार पारेको छ ।

लगानी बोर्डलाई वित्तीय, प्रशासनिक एवं कानूनी हिसाबले स्वायत्त बनाउने आधार तयार भएको उल्लेख गर्दै ज्ञवालीले लागनीका लागि वातावरण तयार पार्न आफ्नो तर्फबाट आगामी दिनमा पनि सक्दो योगदान पुर्याउने बताए ।

सो कार्यक्रममा लगानी बोर्डमा आजदेखि जिम्मेवारी सम्हालेका सहसचिव नविनराज सिंह, सहसचिव सुनिता नेपाल, सहसचिव हेमराज तामाङले नेपालमा लगानी भित्र्याउन र लगानीसम्बन्धी नीति निर्माण तर्जुमा गर्नमा ज्ञवालीले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको धारणा व्यक्त गरेका छन् ।

सो अवसरमा सहसचिव सुनिता नेपाल र हेमराज तामाङ लगायत लगानी बोर्डका कर्मचारीहरुले सहसचिव नविनराज सिंहलाई स्वागत गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...

क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अध्यादेशका कारण ऊर्जा मन्त्रालय अन्तर्गतका १० जना पदमुक्त, को को परे ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

पुरै सिलिण्डर ग्यास बिक्री गर्न दिन व्यवसायीको माग, निगमलाई आपूर्ति कै चिन्ता

मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले...
spot_img