निर्माण व्यवसायीसमेत रहेका राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष समेत रहेका उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको हो ।
पाण्डे २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । उनको कालिका कन्ट्रक्शन चर्चित निर्माण कम्पनीमध्येमा पर्छ ।













