पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

spot_img
spot_img

निर्माण व्यवसायीसमेत रहेका राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष समेत रहेका उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको हो ।

पाण्डे २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । उनको कालिका कन्ट्रक्शन चर्चित निर्माण कम्पनीमध्येमा पर्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...