Sunday, June 28, 2026
spot_img

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

spot_img
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व नै नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको बताएका छन् । उनले वित्तीय स्थायित्वमा केन्द्रित हुने भएकाले मौद्रिक नीति लिएका लक्ष्यलाई नै आधार बनाएर असफल मान्न नमिल्ने बताए। पछिल्लो २-३ वर्षमा मौद्रिक नीतिमा कर्जा विस्तार गर्ने लक्ष्य लिइरहेकोमा लक्ष्य अनुसार हुन सकेको छैन । बैंक तथा वितीय संस्थामा अधिक तरलता छ ।

‘२०७७ सालको मौद्रिक नीतिमा पुनर्कर्जा को नीति लिएको थियो । कोभिडको समयमा त्यसलाई निश्चित अवधिका लागि ल्याइएको थियो । तर त्यो सधैं दिइरहन मिल्दैन । उद्योगी व्यवसायीले पनि यो कुरा बुझ्नु पर्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले सबैले बुझ्ने भएकोले फाइनान्सियल सेक्टरको पोलिसीमा चासो बढिरहेको बताए । उनले बजारलाई तरलता प्रशोचन गर्न सक्ने गरि क्षमता विस्तार गर्नुपर्ने बताए ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा लिइएका कसिलो व्यवस्थाका कारण अहिले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोभिडको समयमा कर्जा वृद्धि पनि भएको र विदेशी मुद्रा पनि कम भएको अवस्थामा समस्या आएको विषयको उदाहरण दिए । त्यस समयमा संकटलाई टार्न लिइएका कसिलो व्यवस्थाको असर अहिले देखापरेको बताए । उनले भने,’हामीले कुन क्षेत्रमा कर्जा वृद्धि गर्न खोजेको हो वित्त नीति र मौद्रिक नीतिमा प्रष्ट रूपमा उल्लेख गरेर आउनु पर्छ । अहिले टाल्टुले अवस्थामा वृद्धि हुन सकेको छैन ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...
spot_img