नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले यस मुद्दाको पेसी वैशाख ३ गतेका लागि तोकेको छ ।
खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो ।












