सरकारले युद्ध पूर्ण रुपमा अन्त्य भइनसक्दै इजरालयका लागि श्रमिकलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेकोछ । वैदेशिक रोजगार विभागले यसअघि इजरायलका लागि रोकिएको पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो ।
इजरालयसँगै कुवेत, बहराइन र लेबननका लागि पनि पुनः श्रम स्वीकृति दिन सुरु गरिएको छ ।
मन्त्रालयले गत चैत ३० गते यी चार देशमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।
यसअघि फागुन १७ गते निर्णय गरेर मन्त्रालयले साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुलाइसकेको छ ।
नयाँ श्रमिकले भने तत्काल यी देशमा श्रम स्वीकृति पाउने छैनन् ।












