Monday, June 29, 2026
spot_img

शिक्षा मन्त्री सस्मितसँग २४ करोड बराबरको सम्पत्ति

spot_img
spot_img

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफु र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

जस अनुसार उनले आफ्नो आमाको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा घर रहेको बताएका छन् । यी दुई घरको हालको अनुमानित मूल्य ९ करोड रहेको उनको भनाई छ।

त्यस्तै उनले विभिन्न ५ ठाउँमा आफ्नो परिवारको नाममा जग्गा रहेको र हालको अनुमानित मूल्य ११.५ करोड बराबर रहेको उल्लेख गरेका छन् । उनले २५ तोला र १०० तोला चाँदी रहेको बताएका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार नगद रहेको बताएका छन् ।

उनले आफ्नो आमा र बुबाको नाममा कुल १ करोड ७६ लाख बराबरको विभिन्न कम्पनीको शेयर र बचतपत्र रहेको बताएका छन् । उनले आफ्नो परिवारको कुल सम्पत्ति २४ करोड १६ लाख बराबरको रहेको र खुद सम्पत्ति २३ करोड  ४१ लाख बराबरको रहेको उल्लेख गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img