Sunday, June 28, 2026
spot_img

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु

spot_img
spot_img

महिला उद्यमी महासंघ नेपालको आयोजनमा शुक्रबारदेखि नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको छ । ३ दिनसम्म चल्ने मेलाको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका छन् ।

मेलाको उद्घाटनमा यादवले महिला उद्यमशीलतामार्फत आफ्नो क्षमता विकास गर्दैगर्दा परिवारदेखि समाज र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत पुगेको बताए । स्थानीय स्रोत साधनको भरपुर उपयोग, स्थानीयस्तरमा रोजगार सिर्जना पनि उत्तिकै सहयोग पुगेको उनले बताए । घरायसी काममै सीमित रहेका महिला अहिले आफ्नै उद्यम हुँदै औद्योगिक प्रतिष्ठानमा पनि सहभागिता बढेको यादवले बताए ।

महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले नेपाली महिला उद्यमीको उत्सव रहेको बताइन् । यो मेला महिला उद्यमी र उनीहरूको उत्पादन राष्ट्रिय तथा विश्व बजारसम्म पुर्याउने सेतु पनि रहेको उनको भनाइ छ । उत्पादनका साथसाथै प्रविधिको उच्चतम प्रयोग गर्दै पहुँच, ब्रान्ड र बजारीकरणमा थप काम र सहकार्य आवश्यक रहेको श्रेष्ठले बताइन् । महिलाका उत्पादनलाई वर्षभरी नै किनमेल गर्न सकिने गरि महिला शोरुम तथा स्थायी स्टल पनि उपलब्ध गराउन सरकारसँग आग्रह उनले गरिन् ।

मेलामा ३०० महिला उद्यमीका स्टलहरू रहेका छन् । रैथाने तथा मौलिक वस्तु तथा उत्पादनहरू मेलामा राखिएका छन् । मेलामा महासंघले २ जना महिला उद्यमीलाई सम्मान गरेको छ । मधेश प्रदेश सर्लाहीका महिला उद्यमी निर्मला महतो र महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणालाई प्रदान गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img