Sunday, June 28, 2026
spot_img

सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

spot_img
spot_img

यही चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।  सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।

आज नै २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । हिजो सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

प्रतिनिधिसभामा रास्वपा कै बहुमत रहेकोले सभामुखमा अर्याल निर्वाचित हुने निश्चित छ । अर्याल काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img