नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शुक्रबार बिहानदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो।
निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १५ रुपैयाँले बढाएको छ। यस संगै अब पेट्रोल प्रति लिटर २०२ रुपैयाँ, डिजेल प्रति लिटर १८२ रुपैयाँ र मट्टीतेल प्रति लिटर १८२ रुपैयाँ पुगेको छ।
भारतबाट बढेर आएकोले निगमले मूल्य बढाएको जनाएको छ। यद्यपि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै भारतबाट आए बमोजिम नै हुने गरि मूल्य नबढाएको निगमले प्रष्ट पारेको छ। यस अघि भारतबाट पेट्रोलको मूल्य प्रति लिटर ४१.६० रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ९४.९३ रुपैयाँ बढेर आएको थियो।













